sevenstartv.com २२ वैशाख २०८३, मङ्गलवार

रविको बयान सकियो

२८ पुष २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । स्वर्णलक्ष्मी सहकारी ठगीसम्बन्धी मुद्दाका अभियुक्त रास्वपा सभापत रवि लामिछानेको बयान सकिएको छ । न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा लामिछानेको बयान भएको हो । अब थुनछेक बहस सुरु हुने अदालत छ ।

थुनछेक बहसको क्रममा सरकारी वकिलको कार्यालयको तर्फबाट पहिले बहस हुनेछ । त्यसपछि रवि लामिछाने पक्षका वकिल र जाहेरवाला पक्षका वकिलले बहस गर्नेछन् । सरकारी पक्षबाट जवाफी बहस हुनेछ ।

आज थुनछेक बहस नटुंगिए न्यायाधीशले थुनामा पठाउने वा भोलि पुनः अदालतमा हाजिर हुने गरी छाड्ने भन्ने आदेश गर्नेछन् । कास्कीको सूर्यदर्शन सहकारी ठगी मुद्दामा ६५ लाख रुपैयाँ धरौटीमा रिहा भएपछि लामिछाने स्वर्णलक्ष्मी सहकारी ठगीसम्बन्धी मुद्दामा बयानका लागि आज काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका हुन् ।

गत बिहीबार कास्की जिल्ला अदालतका न्यायाधीश नीतिजकुमार राईको इजलासले लामिछानेसहित सातजनालाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्