sevenstartv.com २२ वैशाख २०८३, मङ्गलवार

संस्कृति, पर्यटन र नागरिक उड्डयन क्षेत्रलाई चलायमान बनाउने गरी सरकारले काम गरिरहेको छ : मन्त्री पाण्डे

२८ पुष २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले संस्कृति, पर्यटन र नागरिक उड्डयन क्षेत्रलाई चलायमान बनाउने गरी सरकारले काम गरिरहेको बताएका छन् । 

आइताबार कामठमाडौंमा नेपाल होटल व्यवसायी महासंघको रजत जयन्तीको अवसरमा आयोजित कार्यक्रममा उनले सरकारले संस्कृति, पर्यटन र नागरिक उड्डयन क्षेत्रलाई चलायमान बनाउने गरी काम अघि बढाइरहेको दाबी गरेका हुन् । उनले नेपाल विविधतापूर्ण संस्कृति र प्रकृतिको देश भएकाले नेपालको पर्यटनको प्रचारप्रसारलाई तिब्र बनाउनुपर्ने बताए । 

उनले नेपालको पर्यटकीय सम्भावना देखाउने माध्यम नागरिक उड्डयन क्षेत्र भएकाले हवाई उडानलाई सहज र सर्वसुलभ बनाउने गरी सरकारले काम गरिरहेको बताएका छन् । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्