sevenstartv.com २२ वैशाख २०८३, मङ्गलवार

इन्जिनियरविरुद्ध झण्डै ५ करोडको मुद्दा दायर

२८ पुष २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । जलश्रोत तथा सिंचाइ विभागमा कार्यरत  तत्कालीन इन्जिनियर विष्णुकुमार श्रेष्ठविरुद्ध झण्डै ५ करोडको भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार उनीविरुद्ध  ४ करोड ८८ लाख ३० हजार ३२९रुपैयाँ ५४ पैसा  बिगो कायम गरी विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

श्रेष्ठले लामो समय सिंचाइ तथा जल उत्पन्न प्रकोप नियन्त्रणका नाममा निर्माण हुने संरचनाहरुबाट ठेकेदारहरुसँग मिलेमतो गरी कमिसन लिई भ्रष्टाचार गरेको उजुरी परेको थियो । सोही कमिसनबाट उनले काठमाडौं, ललितपुर लगायत बिभिन्न स्थानहरूमा घर घडेरी, गाडी खरिद तथा बिभिन्न कम्पनीका शेयर तथा कम्पनीमा लगानी गरेको उजुरीमा उल्लेख थियो । 

यस सम्बन्धमा अनुसन्धान हुँदा श्रेष्ठले चार करोड अठासी लाख तीस हजार तीन सय उनान्तीस रुपैयाँ र पैसा चौवन्न बराबरको खर्च तथा लगानी ९सम्पत्ति० को स्रोत खुलाउन नसकेकाले भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियार प्रवक्ता नरहरि घिमिरेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

साथै, श्रेष्ठले सार्वजनिक पदमा रहँदा अख्तियारको दुरुपयोग गरी गैरकानूनी रुपमा आर्जन गरेको सम्पत्ति आफन्तको नाममा राखेको देखिएकाले जफत गर्ने प्रयोजनको लागि पत्नी लक्ष्मी कुमारी श्रेष्ठ, बाबु हरि कुमार श्रेष्ठ, आमा इन्द्र कुमारी श्रेष्ठ र छोरा विवेक श्रेष्ठलाई समेत प्रतिवादी कायम गरिएको छ । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्