रास्वपा सभापति लामिछाने काठमाडौं जिल्ला अदालतमा
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने जिल्ला अदालत काठमाडौंमा उपस्थित भएका छन् । काठमाडौं जिल्ला अदालतमा लामिछानेसहित ३९ जनाविरुद्ध स्वर्णलक्ष्मी सहकारी ठगीको मुद्दा दर्ता भएको छ ।
लामिछानेसहितका आरोपीविरुद्ध काठमाडौं जिल्ला अदालतमा पुनः कास्कीकै जसरी बहस प्रारम्भ हुनेछ । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा लामिछाने बिहीबार मात्र कास्की जिल्ला अदालतको आदेशमा ६५ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए ।
सूर्यदर्शन सहकारी ठगी मुद्दामा धरौटीमा रिहा भएका लामिछाने शुक्रबार सडकमार्ग हुँदै काठमाडौं आइपुगेका थिए ।
