sevenstartv.com २२ वैशाख २०८३, मङ्गलवार

नेपाल आयल निगमले नयाँ कार्य योजनाको खोजि गर्न आवश्यक छ : मन्त्री भण्डारी

२६ पुष २०८१, शुक्रवार स्टार संवाददाता

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले नेपाल आयल निगमले नयाँ कार्य योजनाको खोजि गर्न आवश्यक रहेको बताएका छन् ।

शुक्रबार नेपाल आयल निगम लिमिटेडको ५५ औं वार्षिकोत्सव समारोहमा उद्योगमन्त्री भण्डारीले निगमको हरेक वर्ष व्यापार घट्दो अवस्थामा रहेको भन्दै पेट्रोलियम ग्यास बाहेक अन्य व्यवसायको खोजी गर्नुपर्नेमा जोड दिएका हुन् । 

उनले ५५ वर्ष पूरा गरेर अर्बको नाफा कमाउने र लाभांश बाँड्ने मात्रै भन्दा पनि आगामी दिनको यात्रामा आउने चुनौति लगायतका विषयलाई लिएर नयाँ कुराको खोजि गर्न आवश्यक रहेको बताए । मन्त्री भण्डारीले निगमले तेल मात्रै बेचेर मुनाफामा रमाउने कुरा लामो समयसम्म नरहने  बताएका छन् । 

उनले पेट्रोलियम पदार्थको विल्कपको सिर्जना भएकाले अब निगमको प्रवन्धपत्रसँग जोडिएका अधिकार क्षेत्रहरुमा पर्ने नयाँ खालको काम खोज्ने कार्ययोजना बनाउन निगम नेतृत्वलाई निर्देशन दिएका छन् । उनले नयाँ कार्यको खोजि गरिएन भने तेलमात्रै बेचेर संस्था खुम्चँदै धरापमा पर्न जाने बताए । उनले निगमको ग्राफलाई बढाउन आवश्यक रहेको बताए । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्