प्रधानमन्त्री ओली र राप्रपा नेपालका अध्यक्ष थापाबीच भेटवार्ता
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र राप्रपा नेपालका अध्यक्ष कमल थापाबीच भेटवार्ता भएको छ ।
शुक्रबार देशको समसामयिक परिस्थितिका बारेमा प्रधानमन्त्री ओली र अध्यक्ष थापाबीच छलफल भएको हो । भेटमा प्रमद्वारा सहमतिको आधारमा संविधान संसोधन गर्न सरकार प्रतिबद्ध रहेको जनाइएको छ ।
भेटमा अध्यक्ष थापाले देश अहिले गम्भीर संकटबाट गुज्रिरहेको बारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराए ।
