sevenstartv.com २२ वैशाख २०८३, मङ्गलवार

रवि लामिछाने पोखराबाट काठमाडौं आउँदै

२६ पुष २०८१, शुक्रवार स्टार संवाददाता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पोखराबाट काठमाडौं आउँदै छन् । 

पोखराबाट काठमाडौं आउन हवाई जहाजको टिकट नपाएपछि उनी सडकमार्ग भएर काठमाडौं आउँदै गरेको जनाइएको छ । लामिछाने पोखराबाट आउन ढिला हुने अवस्थामा आइतबार मात्रै अदालत उपस्थित हुने योजना रहेको छ । 

लामिछाने कास्की प्रहरीको हिरासतबाट ८४ दिनपछि बिहीबार रिहा भएका छन् । अदालतले ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएपछि बैंक ग्यारेन्टीमार्फत धरौटी रकम बुझाएर लामिछाने हिरासत मुक्त भएका हुन् ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्