बलिया राजनीतिक दलहरुले मात्रै देश बनाउन सक्छन : शंकर पोखरेल
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले बलिया राजनीतिक दलहरुले मात्रै देश बनाउनसक्ने बताएका छन् ।
बिहीबार एमाले पार्टी केन्द्रिय कार्यालय च्यासलमा भएको कार्यक्रमा उनले देश बलिया राजनीतिक दलहरुले मात्रै बनाउनसक्ने भएकाले सोहीअनुरुप जनमतलाई धु्रविकृत गर्न जरुरी रहेको उल्लेख गरे ।
उनले मुलुकमा विकासको नेतृत्व गर्ने पार्टी नेकपा एमाले भएको बताए । देशको कुनैपनि विकासका सन्दर्भमा भिजनरी लिडरसिप, स्ट्रङ पोल्टिकल पार्टी, पोल्टिकल स्टाब्लिटी जरुरी रहेको र त्यो नेकपा एमालेसँग मात्रै रहेको उनको तर्क छ ।
