सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले बुधबार विश्वासको मत लिने
काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बुधबार विश्वासको मत लिने भएका छन् ।
गत साउन २० मा मुख्यमन्त्रीमा नियुक्त भएका शाहले प्रदेश सभा सचिवालयलाई पत्र पठाउँदै बुधबार विश्वासको मत लिने प्रयोजनका लागि व्यवस्थापन गरिदिन आग्रह गरेका हुन् ।
सभामुख भीमबहादुर भण्डारीले मुख्यमन्त्रीले बुधबार विश्वासको मत लिनेगरी पत्र पठाएको बताउँदै प्रदेश सभा सचिवालयले आवश्यक व्यवस्थापन गरिरहेका जानकारी दिए ।
बैठकको समय भने निर्धारण गर्न बाँकी रहेको छ । कांग्रेस–एमालेको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका शाहले विश्वासको मत लिइसकेपछि चालु आर्थिक वर्षको बजेट ल्याउने तयारी गरेका छन् ।
