sevenstartv.com २२ वैशाख २०८३, मङ्गलवार

एमालेविरुद्ध षडन्त्र गर्नेलाई जनताले नङ्ग्याउने अध्यक्ष ओलीको दाबी, आफू साधारण भएपनि कतिपयले चिन्न छोडेको गुनासो

२५ पुष २०८१, बिहिवार स्टार संवाददाता

काठमाडौं । प्रधानमन्त्री अध्यक्ष केपी शर्मा ओलीले एमालेको अस्तित्व सकिदिने भनेर लागेपनि अहिले एमालेकै नेतृत्वमा सरकार सञ्चालन भइरहेको बताएका छन् 

बिहीबार स्ववियु निर्वाचनका सन्दर्भमा आयोजित राष्ट्रिय कार्यशालालाई सम्बोधन गर्दै उनले एमालेविरुद्ध षडयन्त्र भएपनि जनताले नपत्याउने बताएका हुन् । उनले एमालेलाई भित्तामा टाँसिदिने जस्ता अभिव्यक्ति दिनेलाई पन्छाएर देशमा जनताले सबैभन्दा धेरै मन पराएको राजनीतिक दल रहेको बताए ।

प्रधानमन्त्री ओलीले आफू एउटा इमान्दारिताका साथ काम गर्ने व्यक्ति भएको दाबी गरे । उनले कतिपयले आफूलाई चिन्न छाडेको भन्दै आफू साधारण र इमानदार मान्छे भएको पनि बताएका छन् । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्