sevenstartv.com २२ वैशाख २०८३, मङ्गलवार

संसदीय समितिले ऊर्जामन्त्री खड्काविरुद्धको उजुरी अध्ययन गर्दै

२४ पुष २०८१, बुधवार स्टार संवाददाता

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दिपक खड्कालाई जोडेर परेको उजुरीमाथि संसदीय समितिले आन्तरिक अध्ययन थालेको छ ।

नेपाल स्काउटले २०८० माघ  १४ मा प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा खड्कालाई जोडेर उजुरी दिएको थियो । उक्त उजुरी हालै समितिका सदस्यहरूलाई वितरण गरिएको छ ।

ऊर्जा मन्त्री खड्का सञ्चालक रहेको खड्काल्याण्ड डेभलपमेण्ट प्रालिले पाटन उच्च अदालतको आदेश विपरीत जग्गा भाडा वापतको पाँच करोड भन्दा बढी रकम नतिरेको उजुीमा उल्लेख छ ।

राज्य व्यवस्था समिति सचिवालयका अनुसार यो सहित समितिमा ९२ वटा उजुरी परेका छन् । सबै उजुरी सांसदहरूलाई वितरण गरिएको छ । त्यसमध्ये कुन उजुरीलाई प्राथमिकता दिएर अगाडि बढ्ने भनेर राज्य व्यवस्था समितिले आन्तरिक अध्ययन अगाडि बढाएको हो । यसक्रममा ऊर्जामन्त्री खड्का जोडिएको उजुरीका सम्बन्धमा यसको महत्वबारे अध्यन थालिएको हो ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्