लेखा समिति सभापति पोखरेलकी श्रीमती अदालतमा हाजिर, थुनछेक बहस सुरु हुँदै
काठमाडौं । प्रतिनिधिसभाको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी श्रीमती अन्जला कोइराला अदालतमा हाजिर भएकी छन् ।
कोइराला सहकारी ठगी प्रकरणमा फरार थिइन् । मोरङ जिल्ला अदालत स्रोतका अनुसार बुधबार अदालतमा हाजिर भएकी कोइरालाको थुनछेक बहस सुरू हुने तयारी छ ।
मोरङ धनपालथान-४ मा रहेको उमागौरी कृषि सहकारीको रकम अपचलनमा नाम जोडिएकी अन्जला अदालतले पुस २ मा पक्राउ पुर्जी जारी गरेपछि फरार थिइन् । सहकारीका अध्यक्ष शम्भु रौनियार, अन्जला, रंगेली २ का वडाध्यक्ष सन्तलाल खवाससहित २६ जनाविरूद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको थियो ।
वडाध्यक्ष खवास ५ लाख धरौटीमा रिहा भइसकेका छन् ।
