एमालेविरुद्ध घेराबन्दी भइरहेको दाबी गर्दै त्यसलाई पराजित गरेर अघि बढ्ने प्रधानमन्त्री ओलीकाे भनाई
काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेविरुद्ध घेराबन्दी भइरहेको दाबी गर्दै त्यसलाई पराजित गरेर अघि बढ्ने बताएका छन्
केन्द्रीय कमिटीको आठौँ बैठकको समापन सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राष्ट्रियता, राष्ट्रिय स्वाभिमान, लोकतन्त्र मुलुकको विकास र समृद्धि आफूहरूको प्रथम प्राथमिकताका विषय भएको पनि उल्लेख गरेका हुन् ।
उनले आपराधिक कुरा गरेर, जनतालाई भ्रममा पार्ने षड्यन्त्र र आक्रमणका विरुद्ध पार्टीपंक्ति एक ढिक्का भएर अघि बढ्नुपर्ने बताएका छन् ।
