माओवादी केन्द्रीय समिति बैठक आज सकिने
काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक मंगलबार सकिने भएको छ ।
यसका लागि अध्यक्ष पुष्पकमल दाहालले दिउँसो २ बजेसम्म केन्द्रीय सदस्यहरूले धारणा राखिसकेपछि जवाफ र निर्णय प्रक्रियामा अगाडि बढ्ने प्रस्ताव गरेका छन् ।
बैठककोमा उनले आफूले पेस गरेको राजनीतिक प्रस्तावमा सबैको सर्वसम्मत धारणा आएको बताए । त्यसैले छलफलको प्रक्रिया छोट्उने भनेर उनले दिउँसो २ बजेसम्म केन्द्रीय सदस्यहरूले धारणा राखिसक्ने र निर्णय प्रक्रियामा अघि बढ्ने बताएका हुन् ।
आइतबार प्रचण्डले ३० पेजको राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यसमा धारणा राख्न १८० जनाले नाम टिपाएका थिए । ८० जनाले सोमबार बोलेका थिए । बाँकीले बोल्नेक्रम जारी छ ।
