sevenstartv.com २२ वैशाख २०८३, मङ्गलवार

रामजानकी अन्तर्राष्ट्रिय बहुउद्देश्यीय रंगशालाको डीपीआर तयार रहेको मुख्यमन्त्री सिंहको भनाइ

२१ पुष २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाममा रामजानकी अन्तर्राष्ट्रिय बहुउद्देश्यीय रंगशाला बनाउन डीपीआर तयार अवस्थामा रहेको बताएका छन् । 

जनकपुरमा सुरु भएको ‘जय ट्रफी मेन्स एलाइट कप’को उद्घाटन  गर्दै  मुख्यमन्त्री सिंहले राष्ट्रिय खेलकुद परिषद् र गुठी संस्थानसँग मधेस प्रदेश सरकारले मैदानका लागि सम्झौता गर्ने र पास हुने बित्तिकै मन्त्रीपरिषद्बाट प्रक्रिया अघि बढाउने बताएका हुन् ।

७ वर्षअघि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरधामको विकासका लागि दिने भनेको १ अर्ब रुपैयाँ अहिलेसम्म खर्च नभएकाले सो रकम रंगशाला निर्माणमा लगाउने र थप १ अर्ब रुपैयाँ मधेस प्रदेश सरकारबाट लगानी गर्ने उनले जानकारी दिए । प्राविधिक त्रुटीहरुका कारण अहिलेसम्म टेण्डर हुन नसकेको मुख्यमन्त्री सिंहले बताएका छन् । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्