sevenstartv.com २२ वैशाख २०८३, मङ्गलवार

माओवादीकाे केन्द्रीय कमिटी बैठक बस्दै

२१ पुष २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । नेकपा माओवादी केन्द्रका केन्द्रीय कमिटी बैठक आइतबारबाट हुँदैछ ।

धुम्बराहीस्थित स्मार्ट दरबारमा आइतबारदेखि सुरु हुने बैठकमा केन्द्रीय ८२५ जना सहभागी हुँदैछन् । बैठकको प्रारम्भमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समसामयिक विषयमा ब्रिफिङ गर्नेछन् ।

त्यसपछि प्रदेश अध्यक्षहरूको रिपोर्टिङ हुनेछ । केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकपछि प्रवक्ता अग्निप्रसाद सापकोटाले प्रदेशहरूको रिपोर्टिङपछि अध्यक्ष प्रचण्डले राजनीति प्रतिवेदन पेस गर्ने जानकारी दिएका हुन् । 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्