कुसुम सहकारीको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न
काठमाडौं । हरि जि.सि पाल्पाको तानसेनमा प्रधानकार्यालय रहेको कुसुम बहुउद्देश्यीय सहकारी संस्थाले तेस्रो साधारण सभा तथा दोस्रो अधिबेशन सम्पन्न गरेको छ । सभाको प्रदेश साम्सद तथा पुर्ब मन्त्री बिर बहादुर रानाले उद्घाटन गरेका हुन् ।
प्रमुख अतिथि रानाले देशको आर्थिक समृद्धिमा सहकारीको महत्वपूर्ण भूमिका रहेको बताए । रानाले अहिले राजनीति नेतृत्व र कर्मचारीतन्त्र प्रति जनतको बिश्वास र भरोसा टुदै गएको बताएका छन् । उनले गाउँमा रोजगारीका अवसर नहुँदा मानिसहरु गाउँ छोडेर शहर र विदेश पलायन हुँदा वस्तीहरु उजाडिदै गएकाले त्यसलाई रोक्न गाउँमै उद्यमशीलता र रोजगारका अवसरहरु सिर्जना गर्नु पर्ने बताए ।
कार्यक्रममा जिल्ला सहकारी संघ पाल्पा उपाध्यक्ष शारदा नेपाल, पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष शैलेन्द्र भट्टराई, पाल्पा व्यापार संघका अध्यक्ष विष्णु कार्की, नेपाल घरेलु तथा साना उद्योग महासंघ पाल्पाका अध्यक्ष कमल ढकाल, तानसेन नगरपालिका–४ वडा सदस्य सीता बस्नेत, यूनाईटेड मिसन अस्पतालक कार्यकारी निर्देशक डा.रचेल कारक, बुटवल स्थित सहकारीका सहजीकरण केन्द्रका फटिक केसी लगायतले कुसुम सहकारीले छोटो समयमा आर्थिक समृद्धिको दिशामा आफुलाई आगाडि बढाएकोमा खुसी व्यक्त गरेका थिए ।
कुसुम बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष सुरेश ढकालले वार्षिक प्रतिबेदन प्रस्तुत गर्नुका साथै पाल्पा, गुल्मी र बुटवललाई केन्द्रीत गरी शेयर सदस्यहरुको जीवनस्तर उकास्न उनीहरुलाई कृषि जस्ता आयआर्जनका कार्यक्रमहरुसँग जोडिएको बताएका छन् । सहकारीले सोही अवसरमा संस्थाको विकासमा महत्वपूर्ण योगदान पुर्याउने व्यक्तित्वहरुलाई सम्मान समेत गरेको थियो । लेखा प्रतिबेदन राम प्रसाद ढकालले प्रस्तुत गर्नु भएको थियो भने स्वागत मन्तव्य बिनोद ढकालले गरे । सुरेस ढकालको अध्यक्षतामा भएको कार्यकमको सन्चालन हिरा आर्चायले गरेका हुन् ।
