दोस्रो आवधिक योजना स्वीकृत गर्ने कर्णाली सरकारको निर्णय
काठमाडौं । कर्णाली प्रदेश सरकारले कर्णालीको दोस्रो आवधिक योजना स्वीकृत गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले कर्णालीको दोस्रो आवधिक योजना स्वीकृत गर्ने निर्णय गरेको भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री एवं सरकारका प्रवक्ता विनोदकुमार शाहले जानकारी दिए ।
प्रवक्ता शाहका अनुसार बैठकले कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको पाँचौँ अधिवेशन आगामी ७ माघमा आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । कर्णाली प्रदेशसभाको चौथो अधिवेशन अन्त्य भई बैठक सञ्चालन नभएको अवस्थामा सभाको अधिवेशन सुरु भएर समितिले पूर्णता पाएपछि दलित समुदायको सशक्तीकरण र जीवनस्तर प्रवद्र्धन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई यथाशीघ्र समितिमा छलफल गरी अगाडि बढाउने निर्णय भएको शाहले बताएका छन् ।
उक्त निर्णय भएसँगै दलित अधिकारका लागि एकीकृत आन्दोलन नेपालले विगत १८ दिनदेखि गर्दै आएको आन्दोलनसमेत शुक्रबारदेखि स्थगित भएको छ । यस्तै बैठकले स्थानीय सेवा ९गठन तथा सञ्चालन० नियमावली, २०८१ स्वीकृत गर्ने निर्णय पनि गरेको छ । बैठकले कर्णाली प्रदेश वित्तीय सुशासन जोखिम मूल्यांकन कार्यविधि २०८१, कर्णाली प्रदेश सरकारको दोस्रो आवधिक योजनासमेत स्वीकृत गरेको छ ।
