sevenstartv.com २२ वैशाख २०८३, मङ्गलवार

भ्रष्टाचारको विरुद्ध, सामाजिक विभेदको विरुद्ध र सुशासनको पक्षमा इमान्दारीपूर्वक देशलाई राहत दिने पक्षमा काम गरेको छु'

१९ पुष २०८१, शुक्रवार स्टार संवाददाता

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भ्रष्टाचारको विरुद्ध, सामाजिक विभेदको विरुद्ध र सुशासनको पक्षमा इमान्दारीपूर्वक देशलाई राहत दिने पक्षमा काम गरेको बताएका छन् । 

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले सरकारमा हुँदा पनि र बाहिर गएपछि पनि आफूले एउटै कुरा गरेको उल्लेख गरे । 

‘म के भन्न चाहन्छु भने मैले कम्तीमा पनि पछिल्लो कार्यकाल मैले भ्रष्टाचारका बिरुद्ध, सुशासनका पक्षमा, सामाजिक विभेदका विरुद्ध, सामाजिक न्यायको पक्षमा आर्थिक समस्याबाट देशलाई राहत दिने पक्षमा इमान्दारीपूर्वक गरेँ । म अलि भावुक छु भन्ने नेपाली समाजले बुझिसकेको छ। तर मेरो नियत र निष्ठा सफा छ भन्नेकुरा अब विस्तारै जनताले र सबै साथीले बुझ्दै जानुभएको छ। मैले अहिले पनि सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको पक्षमा हामी राम्रोसँग जानुपर्छ भन्नेकुरा मा दुईमत छैन। एकले अर्कोलाई दोषारोपण गरेर मात्रै हुँदैन भन्ने कुरा पनि साँचो हो ।'

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्