sevenstartv.com २२ वैशाख २०८३, मङ्गलवार

पर्यटन क्षेत्रको समृद्धिका सरकारले सर्वपक्षीय सम्मेलन गर्ने मन्त्री पाण्डेको भनाइ

१८ पुष २०८१, बिहिवार स्टार संवाददाता

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले पर्यटन क्षेत्रको समृद्धिका सरकारले सर्वपक्षीय सम्मेलन गर्ने बताएका छन् । प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा उनले पयर्टन क्षेत्रमा निजी क्षेत्रको सभागिता बढाउन सर्वपक्षीय सम्मेलन गर्नुपर्ने बताएका हुन्  । 

उनले २०८२ वैशाखमा कोशी प्रदेशमा सम्मेलन आयोजना हुने बताए । मन्त्री पाण्डेले पर्यटन क्षेत्रको विकासका लागि तीन तहको सरकारलाई जोड्न सरोकारवालाको दुई वटा बैठक सम्पन्न भइसकेको जानकारी गराए ।  सम्मेलनबाट पर्यटन क्षेत्रको विकासका लागि कसले के गर्ने भन्ने निचोडमा पुगिने उनको भनाइ छ । 

उनले पर्यटन क्षेत्रको विकासका लागि मन्त्रालय नअल्मलिएको स्पष्ट पारेका छन् । उनले  पोखरा र भैरहवा विमानस्थल सञ्चालनको लागि सरकारले कार्ययोजना बनाएर काम गरिरहेको उल्लेख गरे । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्