रुग्ण उद्योग सञ्चालनका लागि उच्चस्तरीय कार्यदल गठन, स्टार्टअप कार्यक्रम कार्यान्वयन गर्न सरकार अग्रसर रहेको उद्योगमन्त्री भण्डारीको तर्क
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले रुग्ण उद्योग सञ्चालनका लागि उच्चस्तरीय कार्यदल गठन गर्ने बताएका छन् ।
बिहीबार सिंहदरबारमा बसेको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा मन्त्री भण्डारीले रुग्ण रहेका निजी क्षेत्रका उद्योगका सन्दर्भमा उच्चस्तरीय आयोग बनाउने गरी कार्यदलको प्रस्ताव गरेको जानकारी दिएका हुन् ।
उनका अनुसार अर्थ मन्त्रालय र उद्योग मन्त्रालयबीच समझदारी गरेर कार्यदलको प्रस्ताव गरेको र छिटै मन्त्रिपरिषद् बैठकमा प्रवेश गर्ने बताए । मन्त्री भण्डारीले संस्थानको हकमा पूर्ववर्ती सरकारले निजीकरण इकाईमा प्रवेश गराएको विषयलाई कार्यान्वयन गर्ने मन्त्रालय अघि बढेको बताएका छन् ।
