sevenstartv.com २२ वैशाख २०८३, मङ्गलवार

संकटग्रस्त सहकारीको व्यवस्थापनका लागि कोशी प्रदेश सरकारले गर्याे समिति गठन

१८ पुष २०८१, बिहिवार स्टार संवाददाता

काठमाडौं । कोशी प्रदेश सरकारले प्रदेश मातहतका संकटग्रस्त सहकारीको व्यवस्थापनका लागि समिति गठन गरेको छ । बिहीबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले वरिष्ठ अधिवक्ता भरतबहादुर थापाको अध्यक्षतामा संकटग्रस्त सहकारीको व्यवस्थापन गर्न समिति गठन गरेको हो । 

मुख्यमन्त्री कार्यालयका अनुसार धनप्रसाद शिवाकोटी र जीवन काफ्ले सदस्यमा नियुक्त भएका छन् । यद्यपि सरकारले यो निर्णय सार्वजनिक गरेको छैन । प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीका अनुसार बैठकले समितिको काम कर्तव्य र अधिकार पनि टुंगो लगाएको छ । बैठकले खानेपानी तथा सरसाफाइ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सभामा पेस गर्न स्वीकृत गर्ने निर्णय गरेको छ । 

कोशी प्रदेश वन ऐन २०७७ लाई संसोधन गर्न बनेको विधेयक र कोशी प्रदेश वातावरण संरक्षण ऐन २०७६ लाई संसोधन गर्न बनेको विधेयक कोशी प्रदेश सभा सचिवालयमा विधेयकको रूपमा पेस गर्ने निर्णय गरेको छ । पाथिभारा क्षेत्र विकास समिति, बृहत बराह क्षेत्र विकास समिति र हलेसी महादेवस्थान विकास समिति गठन आदेश पहिलो संशोधन आदेश २०८१ लाई स्वीकृत गर्ने निर्णय पनि गरेको छ ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्