sevenstartv.com २२ वैशाख २०८३, मङ्गलवार

संविधानलाई कार्यान्वयन गर्दै संघीय लोकतन्त्रलाई सुदृढ बनाउन वर्तमान सरकारले ध्यान केन्द्रित गरेको छ : गृहमन्त्री लेखक

१८ पुष २०८१, बिहिवार स्टार संवाददाता

काठमाडौं । गृहमन्त्री रमेश लेखकले संविधानलाई कार्यान्वयन गर्दै संघीय लोकतन्त्रलाई सुदृढ बनाउन वर्तमान सरकारले ध्यान केन्द्रित गरेको बताएका छन् । 

चन्द्रागिरि नगरपालिकाले आजदेखि कार्यान्वयनमा ल्याएको जिपिएस÷जिआइएस प्रणालीमा आधारित ‘डिजिटल’ घर नम्बर जडान तथा सडक चोकको नामकरणको शुभारम्भ गर्दै उनले सुशासन मार्फत नै आर्थिक समृद्धि हासिल गर्न सकिने बताएका हुन् ।

चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले नगरपालिकाका सम्पूर्ण सेवालाई ‘डिजिटाइज’ गर्दै स्मार्टसिटी बनाउने आफ्नो लक्ष्य रहेको जानकारी दिए । उनले यस कार्यलाई जिपिएस÷जिआइएस प्रणालीमा आधारित ‘डिजिटल’ घर नम्बर जडान तथा सडक चोकको नामकरणले सहयोग पुग्ने विश्वास व्यक्त गरे । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्