sevenstartv.com २२ वैशाख २०८३, मङ्गलवार

एमालेको सचिवालय बैठक बस्दै

१८ पुष २०८१, बिहिवार स्टार संवाददाता

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्ने भएको छ । बैठक पार्टी कार्यालय च्यासलमा दिउँसो  साढे १२ बजे बस्न लागेको हो । 

बैठकमा केन्द्रीय कमिटी बैठकको एजेन्डा तय गरिनेछ । केन्द्रीय कमिटी बैठकको मिति नजिकिँदै गर्दा त्यसका एजेन्डा र राष्ट्रिय राजनीतिबारे छलफल हुने जनाइएको छ । 

एमालेको केन्द्रीय कमिटी बैठक पुस २१ र २२ गतेका लागि बोलाइएको छ । पार्टीका तीन नेतामाथि भएको कारबाहीपछि बस्न लागेको बैठकलाई महत्वका साथ हेरिएको छ ।
 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्