एमाले अध्यक्ष ओलीको कोपभाजनमा परेको नेता रावलको दाबी
काठमाडौं । नेकपा एमालेका पूर्वउपाध्यक्ष भीम रावलले आफू अध्यक्ष केपी शर्मा ओलीको कोपभाजनमा परेको बताएका छन् ।
बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेता रावलले ओलीले आफूलाई स्पष्टीकरण नभई दोषपत्र थमाएको दावी गरेका हुन् । उनले एमालेको सदस्य वा कुनै पद पनि उल्लेख नगरि सोधिएको स्पष्टीकरणपत्र पाएर आफू अचम्ममा परेको टिप्पणी गरे ।
उनले अध्यक्ष ओलीसँग समय मिलाउन कात्तिकमा वार्ता प्रयास गरे पनि असफल भएको जानकारी दिएका छन् । ओलीले दम्भ र निषेधको नीति लिएको उनको आरोप छ । ठूला दल सिद्धान्तहीन बाटोमा हिँडेको पनि नेता रावलको आरोप छ । उनले ठूला पार्टीमा पद लिने होड भएको उल्लेख गर्दै देशव्यापी भ्रष्टाचार बढेको बताए ।
