sevenstartv.com २२ वैशाख २०८३, मङ्गलवार

पाँच राजदूतले लिए राष्ट्रपति समक्ष शपथ

१७ पुष २०८१, बुधवार स्टार संवाददाता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न मुलुकका लागि नवनियुक्त राजदूतहरुले पद तथा गोपनीयताको शपथ गराएका छन् । 

राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक कार्यक्रमकाबीचमा राष्ट्रपति पौडेलले गणतन्त्र पोर्चुगल, मलेलिया, गणतन्त्र दक्षिण अफ्रिका, बेल्जियम अधिराज्य, डेनमार्कका लागि नवनियुक्त राजदूतहरूलाई शपथ गराएका हुन् । 

राजदूतहरू प्रकाशमणी पौडेल गणतन्त्र पोर्चुगल, डा.नेत्रप्रसाद तिम्सिना मलेसिया, प्रा. डा. कपिलमान श्रेष्ठ गणतन्त्र दक्षिण अफ्रिका, सेवा लम्साल बेल्जियम अधिराज्य र सुम्निमा तुलाधर डेनमार्कले आज  राष्ट्रपति पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्