sevenstartv.com २० वैशाख २०८३, आइतवार

भारतीय विदेश सचिव आइतबार दुई दिने नेपाल भ्रमणमा आउँदै

२६ साउन २०८१, शनिवार स्टार संवाददाता

काठमाडौं । भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिस्री भोली आइतबार नेपाल भ्रमणमा आउने भएका छन् ।

परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्सालको मैत्रीपूर्ण निमन्त्रणामा मिस्रीले नेपालको दुईदिने औपचारिक भ्रमण गर्न लागेका हुन् ।

दुई देशका विदेश सचिवबीच पारस्परिक हितका विषयलाई अगाडि बढाउने तथा सम्बन्ध थप सुदृढीकरण गर्ने लगायत विभिन्न विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भ्रमणका क्रममा भारतीय विदेश सचिव मिस्रीले नेपालका विशिष्ट व्यक्तिसँग भेटवार्ता गर्ने कार्यक्रम छ । भ्रमण दुई छिमेकी देशबीचको नियमित भ्रमण आदानप्रदानको निरन्तरता भएको समेत परराष्ट्र मन्त्रालयले जनाएको छ ।  

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्