sevenstartv.com २० वैशाख २०८३, आइतवार

माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि बस्दै

२६ साउन २०८१, शनिवार स्टार संवाददाता

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक शनिबार पनि बस्दैछ । 

बैठक बिहान ११ बजे पार्टी मुख्यालय पेरिसडाँडामा शुरु हुने माओवादी केन्द्रले जनाएको छ। शुक्रबार शुरु भएको बैठकमा नेताहरूले वैचारिक, राजनीतिक र सांगठनिक परिस्थिति तथा कार्यभारका सम्बन्धमा धारणा राख्ने प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए। 

यसअघि हिजोको बैठकमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिक घटनाक्रमबारे छलफल भएको थियो। बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो समय नेपाल र मित्रराष्ट्र बंगलादेशमा भएका राजनीतिक घटनाक्रमको ‘ब्रिफिङ’ गरेका थिए । उनीहरुले संक्रमणकालीन न्यायसँग सम्बन्धित विषयमा दलहरूबीच भएको सहमतिबारे जानकारी गराएका थिए।

संघ र सबै प्रदेशमा सत्ताबाट बाहिरिएपछि नेकपा माओवादी केन्द्र जनतामा जाने तयारी गरिरहेको छ । त्यसैको तयारी स्वरूप माओवादीले स्थायी कमिटी बैठक सकिएपछि केन्द्रीय समिति बैठक बोलाउने तयारी गरेको छ। 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्