न्याय परिषदद्वारा ३५ स्थानमा न्यायाधीश सिफारिस
काठमाडौं । न्याय परिषद्ले देशभरका रिक्त ३५ स्थानमा न्यायाधीश सिफारिस गरेको छ ।
आज बसेको न्याय परिषद्को बैठकले रिक्त ३५ स्थानमा न्यायाधीश सिफारिस गरेको हो । सिफारिस हुनेमा न्याय सेवाका कर्मचारी, सरकारी वकिल समूह र कानुन सेवाका कर्मचारी रहेका छन् । यसअघि जिल्ला न्यायाधीशका लागि परीक्षा लिइएको थियो ।
परीक्षामा कम मात्र व्यक्ति पास हुन सफल भएपछि रिक्त पदमा न्याय परिषद्को बैठकले सिफारिस गरेको हो ।यसरी सिफारिस भएका न्यायाधीशहरूलाई परिषद्ले नै विभिन्न जिल्लामा पदस्थापन पनि गर्ने छ ।




