सहकारी पीडितले आज काठमाडौंमा प्रदर्शन गर्दै
काठमाडौं । सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघले आज काठमाडौं केन्द्रित आन्दोलन गर्ने भएको छ । बिहान साढे ११ बजे काठमाडौं उपत्यकाका विभिन्न ५ स्थानमा भेला भएर बचत रकम फिर्ता गराउन दबाब दिने उद्देश्यले कार्यक्रम गर्ने भएको हो ।
काठमाडौंको चाबहिल चोक, कालिमाटी र सोह्र खुट्टे चोकमा सहकारी पीडितहरूलाई भेला हुन आह्वान गरिएको छ । ललितपुरको पुल्चोक र भक्तपुरको गठ्ठाघर चोकमा विरोध कार्यक्रम गर्ने भएका छन् ।
पहिलो चरणमा आज विभिन्न अलग अलग स्थानमा कार्यक्रम हुने र थप एकत्रित कार्यक्रम गर्ने तयारी रहेको पन्तले बताए। सहकारीपिडितको आन्दोलनमा सहकारीकै बचत रकम अपचलनमा सभापति रावि लामिछाने पक्राउ परेर आन्दोलनमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले पनि एक्यवद्धता जनाएको छ ।
पार्टीका नेता कार्यकर्तालाई रास्वपाले गैरदलीय पहिचानसहित आन्दोलनमा सहभागी हुन आह्वान गरेको छ।
