sevenstartv.com २० वैशाख २०८३, आइतवार

दुई संसदीय समितिको बैठक आज बस्दै

५ मंसिर २०८१, बुधवार स्टार संवाददाता

काठमाडौं । दुई संसदीय समितिको बैठक आज बस्ने भएको छ ।  विधायन, व्यवस्थापन समितिको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । बैठकमा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ मा दफावार छलफल हुनेछ ।

संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान साढे ११ बजे बस्ने भएको छ ।  बैठकमा स्थलगत अनुगमनको प्रतिवेदनको मस्यौदामाथि छलफल हुनेछ । 

बुधबारकै लागि बोलाइएको अर्थ समितिको बैठक स्थगित गरिएको छ । बैठकमा समितिमा प्राप्त विधेयकको प्राथमिकता र कार्ययोजना सम्बन्धमा छलफल गर्ने कार्यसूची तय भएको थियो । 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्