sevenstartv.com २० वैशाख २०८३, आइतवार

साँझ ६ बजे मन्त्रिपरिषद् बैठक बस्दै

४ मंसिर २०८१, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । मंगलबार साँझ ६ बजे मन्त्रिपरिषद् बैठक बस्ने भएको छ ।

बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने भएको हो । आज बस्ने मन्त्रिपरिषद्को बैठक नियमित भएको बताइएको छ । सामान्यतया साताको सोमबार र बिहीबार मन्त्रिपरिषद् बैठक बस्ने गर्छ ।

पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएकाले सोमबार आकस्मिक बैठक बसेर उनको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णयबाहेक अरू केही निर्णय गरेको थिएन ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्