sevenstartv.com २० वैशाख २०८३, आइतवार

सहकारी पीडितको आन्दोलनमा रास्वपाको समर्थन

४ मंसिर २०८१, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । सहकारी पीडितले बुधबार गर्न लागेको काठमाडौं केन्द्रित आन्दोलनमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा ले समर्थन जनाएको छ ।

कार्यवाहक प्रवक्ता मनिष झाले मंगलबार विज्ञप्ति जारी गर्दै सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानले सहकारी पीडितहरुको बचत रकम फिर्ता गराउने हेतुले गर्न लागेको आन्दोलनमा पार्टीको ऐक्यबद्धता रहेको जनाएका हुन् ।

राजनीतिक प्रतिशोधको अभ्यास गर्दै कसैलाई हिरासतमा राख्दैमा यो समस्या समाधान नहुने र पीडितले पनि आफ्नो बचत फिर्ता नपाउने रास्वपाको जिकिर छ ।

 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्