नेपालको कानूनमा अग्रिम जमानतको व्यवस्था हुनुपर्छ : कानून मन्त्री
काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले नेपालको कानूनमा अग्रिम जमानतको व्यवस्था हुनुपर्ने बताएका छन् ।
संसदको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा मन्त्री चौरसियाले नेपालको कानुनमा अग्रिम जमानतको व्यवस्था हुनुपर्ने धारणा राखेका हुन् ।
उनले जबर्जस्ती करणीको मुद्दाको वर्गिकरण गर्नुपर्ने बताए ।
उनले समान उमेरका बालबालिकाबीचमा सहमतीमा हुने सम्बन्धमा बालकलाई मात्रै विभिन्न मुद्दाहरु लाग्ने गरेको भन्दै त्यस्तो कानून सुधार गर्नुपर्ने बताएका छन् । प्रशासनले कुदृष्टि राखेर व्यक्तिलाई अनावश्यक रुपमा मुद्दा चलाइने गरेको भन्दै कानूनमा आवश्यक सुधार गर्न आफू तयार रहेको बताए ।
