sevenstartv.com २० वैशाख २०८३, आइतवार

प्रधानमन्त्री ओली र सभापति देउवाबीच बालुवाटारमा छलफल

४ मंसिर २०८१, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच छलफल भएको छ । आज बालुवाटारमा छलफल भएको हो । मंगलबार साँझ ६ बजे मन्त्रिपरिषद् बैठक बस्ने भएपछि दुई नेता भेट्न लागेका हुन् । मन्त्रिपरिषद् बैठक प्रधानमन्त्री निवास बालुवाटारमै हुने छ ।

मन्त्रिपरिषद् बैठकमा ओलीले पर्फर्मेन्स कमजोर भएका मन्त्रीहरूबारे पनि केही बोल्न सक्ने बताइएको छ । सोमबार पनि प्रधानमन्त्री ओली र सभापति  देउवाबीच लामो छलफल भएको थियो । सोमबारको छलफलमा मन्त्रिपरिषद् फेरबदल, प्रधानमन्त्रीको चीन भ्रमण र बीआरआईबारे कुराकानी भएको थियो ।

बैठकमा आफ्ना पार्टीका नेताको धारणा बुझेर दुई नेताहरू बस्ने बताइएको छ । यता सभापति देउवाले बूढानीलकण्ठमा कांग्रेसका दुई महामन्त्री विश्वप्रकाश शर्मा र गगन थापासँग मंगलबार बिहान छलफल गरेका छन् ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्