शान्ति सुरक्षाका साथै अनुशासन कायम गराउन आवश्यक छ : गृहमन्त्री लेखक
काठमाडौं । गृहमन्त्री रमेश लेखकले देशमा शान्ती सुरक्षाका साथै अनुशासन कायम गराउन आवश्यक रहेको बताएका छन् ।
सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा आज सुरु भएको प्रदेश स्तरिय सुरक्षा गोष्ठीको उद्घाटन गर्दै उनले सबै भन्दा पहिलो आवश्यकता शान्ती कायम गराउनु हो तर सुरक्षा सँगै अनुशासन पनि कायम गराउन जरुरी रहेको बताएका हुन् ।
गृहमन्त्री लेखकले मंसिर १६ मा हुनगइरहेको उपनिर्वाचनलाई निश्पक्ष र शान्तिपूर्ण रुपमा सम्पन्न गराउने वातावरण बनाउन पनि सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिए । उनले लोकतन्त्र मर्यादित व्यवस्था भएको बताउँदै लोकतन्त्रमा अनुशासन अनिवार्य रहेको उल्लेख गरे ।
गृहमन्त्री लेखकले सिमानाकामा हुने राजस्व चुहावट, लागूऔषध नियन्त्रण, आत्महत्या, विपद्, सवारी दुर्घटना जस्ता विषयमा गम्भीर भएर काम गर्न निर्देशन दिए ।
