दार्चुलामा जिप दुर्घटना : ६ जनाको मृत्यु, सात घाइते
धनगढी । दार्चुलामा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने ७ जना घाइते छन् । शैल्यशिखर नगरपालिका ६ को बकजेबलामा म १ ज ३३८ नम्बरको जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको हो । मृतकको सनाखत हुन बाँकी छ ।
मालिकार्जुनबाट गोकुलेश्वरतर्फ आइरहेको जिप बिहान ४ बजेतिर दुर्घटनामा परेको हो । प्रहरीकाअनुसार स्थानीय मालिकार्जुन मन्दिरमा लागेको जात्रा हेरेर फर्किने क्रममा दर्शनार्थी बोकेको जिप दुर्घटनामा परेको हो । जिप सडकबाट करीब १०० मिटर तल खसेको छ । दुर्घटनाको कारण भने खुलेको छैन ।
