sevenstartv.com २७ जेठ २०८३, बुधवार

रास्वपाको बागमती प्रदेशको निर्वाचन स्थगन

२७ जेठ २०८३, बुधवार स्टार संवाददाता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बागमती प्रदेश निर्वाचन प्रक्रिया हाल स्थगन भएको छ । निर्वाचन समिति संयोजक सुमित्रा पण्डितले हाललाई निर्वाचन कार्यक्रम स्थगन गरिएको जानकारी गराएकी छिन् । निर्वाचन कार्यक्रम रोकिएसँगै अधिवेशनस्थल भने सुनसान भएको छ । मतदाता नामावलीका विषयमा विवाद सृजना सुरु भएसँगै निर्वाचन स्थगित गरिएको जनाइएको छ ।

२४ घण्टाभित्र अर्को सूचना  जारी गरि निर्वाचनको काम अघि बढ्ने संयोजक पण्डितले जानकारी गराएकी छिन् । निर्वाचन समितिले मंगलबार अव्यवस्थित रूपमा हस्तलिखित मतदाता नामावली प्रकाशन गरेको भन्दै निर्वाचन स्थगन गर्न दवाब आएको थियो ।

मंगलबार नै मतदाता नामावली प्रकाशनमा प्रश्न उठ्दै गर्दा पनि निर्वाचन समितिले भने उम्मेदवारी दर्ता प्रक्रियालाई अगाडि बढाएको थियो । प्रहरीले अधिवेशनमा आएका प्रतिनिधिहरूलाई रास्वपा नेताहरू मतदान स्थलमा नभएका कारण निर्वाचन नहुने जानकारी गराए पश्चात अधिवेशनस्थल खाली भएको जनाइएको छ ।

सम्बन्धित समाचार