भीरबाट लडेर १ जनाको मृत्यु
काठमाडौँ । म्याग्दीमा भीरबाट लडेर १ जनाको मृत्यु भएको छ ।
बेनी नगरपालिका ३ राखुस्थित छहारी कोलधारा सामुदायिक वनको मुख्ले भीरबाट लडेर २० वर्षीय सुदिप किसानको मृत्यु भएको हाे । म्याग्दी प्रहरी प्रमुख डिएसपी सूर्यबहादुर थापाका अनुसार मंगलबार राती वनमा पुगेका सुदिप किसानको लडेर मृत्यु भएको हाे ।
शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल बेनीमा राखिएको प्रहरीले जनाएकाे छ । घटनाको विस्तृत विवरण अरु आउन बाँकी छ ।
