sevenstartv.com २६ जेठ २०८३, मङ्गलवार

ट्रकको ठक्कर पछि उपचारत इन्स्पेक्टरको मृत्यु

१ वैशाख २०८३, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । ट्रकको ठक्करबाट गम्भीर घाइते भएका काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) ३३ वर्षीय अभय लामाको ‘बी एण्ड बी’ अस्पतालमा उपचारका क्रममा मंगलबार मृत्यु भएको छ ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख नवराज अधिकारीले (इन्स्पेक्टर) लामाको ललितपुर ग्वार्कोस्थित ‘बी एण्ड बी’ अस्पतालमा उपचारका क्रममा मंगलबार निधन भएको बताएका छन् । गत चैत २९ गते आइतबार राति लामा सवार बा प्र.२. २९ प ९४१५ नम्बरको मोटरसाइकललाई बा.प्र. ३. १ ख १७१५ नम्बरको ट्रकले ठक्कर दिएको थियो ।

रामेछापको लिखु तामाकोशी गाउँपालिका–४ घर भएका लामा गत चैत २९ गते ट्रकको ठक्करबाट गम्भीर घाइते भएका थिए । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्