sevenstartv.com १ असार २०८३, सोमवार

पर्सामा एक सय किलोग्राम गाँजा बरामद

३१ जेठ २०८३, आइतवार स्टार संवाददाता

काठमाडौं । पर्सामा सशस्त्र र प्रहरीको टोलीले एक सय किलो गाँजा बरामद गरेको छ । जगरनाथपुर गाउँपालिका ३ मुरैयाचोकबाट सशस्त्र र प्रहरीको टोलीले आइतबार गाँजा बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी डीएसपी हरिबहादुर बस्नेतका अनुसार खेतमा लुकाइ राखेको पाँच बोरा गाँजा नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको छ ।

उक्त गाँजा कसको हो भन्ने नखुलेको प्रहरीले जनाएको छ । सूचना अधिकारी बस्नेतले सम्बन्धित व्यक्तिको खोजी भइरहेको जानकारी गराएका छन् ।