sevenstartv.com २८ भदौ २०८३, आइतवार

ट्रक र कार ठोक्किँदा एक जनाको मृत्यु

१५ वैशाख २०८३, मङ्गलवार स्टार संवाददाता

काठमाडौं। दुम्किबासबाट कावासोतीतर्फ आउँदै गरेको लु १ ख ९५८० नम्बरको ट्रक र विपरीत दिशाबाट जाँदै गरेको ग -प्र ०१–००१ च ०४७४ नम्बरको कार आज बिहान करिब १०;५५ बजे ठोक्किएर एक जनाको मृत्यु भएको छ । दुर्घटनामा कार चालक अन्दाजी ३५ वर्षीय पुरुष  रहेको र  नाम, थर, ठेगाना खुल्न भने बाँकी रहेको जिल्ला प्रहरी कार्यालय युवराज खड्काले जानकारी दिएका छन्।
 

टाउकोमा गम्भीर चोट लागेको अवस्थामा ट्रक चालकले नै उपचारका लागि मध्यबिन्दु प्रादेशिक अस्पताल, डण्डा पुर्‍याएकामा उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएका छन् । 

दुर्घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

सम्बन्धित समाचार