सदनको अवरोध हटाउन रवी लामिछानेको कसरत
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सदन विपक्षी दलद्वारा जारी अवरोध अन्त्यका लागि विपक्षी दलका नेताहरूसँग छलफलमा जुटेका छन् । अहिले सदनको अवरोध हटाउनका लागि लामिछानेले कसरत गरि रहेका हुन् ।
सिंहदरबारस्थित संसद् भवनमा सभापति लामिछाने प्रमुख प्रतिपक्षी दल कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बे लगाएतका विपक्षी दलका नेताहरूसँग छलफल गरेर सदन खुलाउने बाटोको खोजीमा छन्।
प्रधानमन्त्रीको गैर जिम्मेवार पूर्ण अभिव्यक्तिका कारण केहि दिन यता अवरुद्व भएको सदनलाई चलाउनका लागि लामिछानेले कसरत गरिरहेका छन् । सोही कसरत अनुसार विपक्षीसँगको संवाद अहिले पनि जारी रहेको छ।
रविसँग छलफलमा बस्नुअघि विपक्षी दलका नेताहरूले बेग्लै छलफल गरेर एकै आवाजका साथ सदनमा जाने तयारीमा थिए। बिहान ११ बजेका लागि बोलाइएको संसद बैठक अहिलेसम्म पनि सुचारु हुन सकेको छैन।
