sevenstartv.com १ असार २०८३, सोमवार

सुन चाँदी कै मूल्य बढ्यो

३१ जेठ २०८३, आइतवार स्टार संवाददाता

काठमाडौँ ।  नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा १ हजार २ सयले बृद्वी भएको छ ।

गत शुक्रबार प्रतितोला २ लाख ९२ हजार रुपयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आइतबार २ लाख ९३ हजार २ सयमा कारोबार भएको  निर्धारण सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै चाँदीको मूल्य तोलामा ५५ रुपयाँले बृद्वी भएको छ । शुक्रबार प्रतितोला चाँदी ४ हजार ८४० मा कारोबार भएको चाँदी आइतबार ४ हजार ८९५ मा कारोबार भइ रहेको छ ।