संखुवासभाको मकालुमा टिपर दुर्घटना हुँदा दुई जनाकाे मृत्यु, दुई जना घाइते
काठमाडौं । सङ्खुवासभा मकालु गाउँपालिका ५ फाक्सिन्दा दोभान स्थित निर्माणाधिन ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत आयोजनाको काम गरी फर्किने क्रममा टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।
हिजो साँझ ७ बजे भएको सो दुर्घटनामा भारतीय नागरिक शैलेन्द्र प्रताप सिंह र सारुक महमदको मृत्यु भएको हो । भारतीय नागरिक ईश्वर पासवान, योगेन्द्र पालको शरीरका विभिन्न भागमा चोटपटक लागेकोले अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।
