sevenstartv.com १ असार २०८३, सोमवार

५ हजारले बढ्यो सुनको मूल्य

१ असार २०८३, सोमवार स्टार संवाददाता

काठमाडौं । सोमबार सुनको मूल्यमा तोलाको ५ हजार रुपैयाँले बृद्वी भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार नेपाली बजार सुनको मूल्य प्रतितोला २ लाख ९८ हजार २ सय रुपैयाँमा कारोवार हुनेछ ।

अघिल्लो दिन २ लाख ९३ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । एक साताको अवधिमा भने सुनको भाउ घटेको छ । गत सोमबार सुनको भाउ तोलामा २ लाख ९९ हजार ९ सय रुपैयाँमा कारेबार भएको थियो । त्यस्तै चाँदीको मूल्य प्रतितोला सोमबार १२० रुपैयाँ बढेको छ ।

आइतबार ४ हजार ८९५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५ हजार १५ रुपैयाँ पुगेको छ । यसअघि गत सोमबार चाँदी ४ हजार ९०५ रुपैयाँमा कारोबार भएको थियो ।