दुई ट्रक र एक ट्यांकर ठोक्किँदा एक जनाको मृत्यु, २ घाइते
काठमाडौं । चितवनको टिकौली जंगलमा दुई ट्रक र एक ट्यांकर ठोक्किँदा एक जनाको मृत्यु भएको छ । २ जना घाइते भएका छन् ।
गएराति साढे ११ बजे टाँडीबाट नारायणगढतर्फ जाँदै गरेको मधेश प्रदेश ०३-००२ख १४३९ नम्बरको ट्रक र नारायणगढबाट टाँडीतर्फ आइरहेको ना ८ ख ८६७४ नम्बरको खाली ट्याङकर ठक्कर खाई सोही ट्यांकर पछाडि सोही दिशाबाट आइरहेको ना ६ ख ४६२४ नम्बरको ट्रक ठक्कर खाँदा ०३-००२ख १४३९ नम्बरको ट्रकका चालक मकवानपुरका वर्ष २६ का अनिश स्याङ्तान गम्भीर घाइते भएका थिए ।
भरतपुर अस्पताल पुर्याइएकामा उनलाई चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । घाइते २ जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ ।
