टीआरसी विधेयक संसदीय समितिबाट पारित गरिँदै
काठमाडौं । संक्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयकआज संसदीय समितिबाट पारित गर्ने तयारी गरिएको छ ।
बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक पारित गर्न प्रतिनिधिसभाको कानून, न्याय तथा मानवअधिकार समितिको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।
समिति सदस्य महेश बर्तौलाले शीर्ष तहबाटै टुंगिसकेकाले विधेयक समितिबाट आजै पारित हुने सम्भावना रहेको बताए । समितिबाट प्रतिवेदनसहित पारित हुने विधेयकलाई आगामी २९ गते बस्ने प्रतिनिधिसभा बैठकमा पेस गर्ने तयारी छ ।
