'बंगलादेशको राजनीतिक घटनाक्रमलाई नजिकबाट नियालिरहेका छौँ'
काठमाडौं । नेपाल सरकारले बंगलादेशको पछिल्लो राजनीतिक घटनाक्रमलाई नजिकबाट नियालिरहेको प्रतिक्रिया दिएको छ ।
परराष्ट्र मन्त्रालयले बुधबार विज्ञिप्तिमार्फत बंगलादेशमा पछिल्ला केही सातादेखिको प्रदर्शनका क्रममा भएको जनधन र सम्पत्तिको क्षतिप्रति चिन्ता व्यक्त गरेको छ ।
मन्त्रालयले ज्यान गुमाउने व्यक्तिका परिवारजनमा सहानुभूति प्रकट गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । बंगलादेश सबै तनावबाट शान्त र संयमका साथ लोकतान्त्रिक प्रक्रियामा फर्किने विज्ञप्तिमा उल्लेख छ ।
