sevenstartv.com ९ चैत २०८२, सोमवार

आरोहणका क्रममा मृत्यु भएका पाँच पर्वातारोहीको शव ल्याउन आज उद्धार टोली पठाउने

२८ असोज २०८१, सोमवार स्टार संवाददाता

काठमाडौं । धौलागिरि हिमाल आरोहणका क्रममा मृत्यु भएका पाँच पर्वातारोहीको शव ल्याउन आज उद्धार टोली पठाउने तयारी भइरहेको छ । 

म्याग्दी प्रहरीका अनुसार प्रतिकुल मौसमका कारण एक सातादेखि उनीहरुको शव ल्याउन सकिएको छैन । लगातार तीन दिनेदेखि प्रयास भइरहे पनि हिमालमा कुहिरो लागेकाले हेलिकप्टर जान नसकोको म्याग्दीका प्रमुख प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठले जानकारी दिनुभयो । मौसम अनुकुल भए प्रयास जारी राख्ने उहाँले बताउनुभयो ।

घटनास्थल निकै खोँचमा रहेकाले शव ल्याउन समस्या भइरहेको छ । घटनास्थलमा शेर्पाहरूको टोली पठाएर बेसक्याम्पबाट हेलिकप्टर मार्फत शव ल्याउने विकल्पमा समेत छलफल भइरहेको छ ।

धौलागिरि हिमाल आरोहणका क्रममा म्याग्दीको धवलागिरि गाउँपालिका–४ बाट असोज २१ गते दिउँसोदेखि पाँच जना रुसी नागरिक बेपत्ता भएका थिए । ‘आई एम ट्रेकिङ एण्ड एक्सपीडिसन’मार्फत रुसका १४ पुरुष पर्वतारोही धौलागिरि हिमाल आरोहणका लागि गएका थिए। यस क्रममा नौ पर्वतरोही बिचमै आरोहण रद्द गरेर फर्किएका थिए।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्